अमिताभ र अभिषेक बच्चनमा देखियो कोरोना

नौलो समाचार संवाददाता
२०७७ अषाढ २८, आईतबार मा प्रकाशित ६१२ पटक पढिएको
अमिताभ र अभिषेक बच्चनमा देखियो कोरोना

असार २८, काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ । बीबीसीका अनुसार कोरोना पोजेटिभ देखिएपछि अमिताभ बच्चनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ अभिषेक पनि अस्पताल भर्ना गरिएका छन् ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले दिएको जानकारीअनुसार अमिताभ र अभिषेक बच्चनको कोरोना पोजेटिभ देखिएको छ भने उनका परिवार जया बच्चन र ऐश्वर्या राय बच्चनको पनि कोरोना टेष्ट गरिएको छ ।

उनीहरुको आजमात्रै रिपोर्ट आउनेछ । बलिउडका अभिनेता अमिताभ आफैंले सामाजिक सञ्जालमा लेखेर आफूलाई कोरोना देखिएको जानकारी गराएका छन् ।

सामाजिक सञ्जाल ट्विटमार्फत अमिताभ बच्चनले भनेका छन्, “कोरोना परीक्षणमा मलाई पोजेटिभ देखिएको छ । मलाई अस्पताल भर्ना गरिएको छ । अस्पतालले यसबारेमा जानकारी गराइसकेको छ । परिवार र कर्मचारीलाई पनि कोरोना परीक्षण गरिएको छ । उनीहरुको कोरोना रिपोर्ट आउन बाँकी छ । विगत १० दिनदेखि मेरो सम्पर्कमा रहेका सबैलाई कोरोना जाँच गराउन आग्रह गर्दछु ।”

अमिताभपछि उनका छोरा अभिषेकले पनि सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको बताएका थिए ।

७७ वर्षका अमिताभ बच्चन ५० वर्षदेखि बलिउडमा सक्रिय छन् । उनले २ सय बढी फिल्ममा अभिनय गरेका छन् । उनका छोरा अभिषेक अहिलेसम्म करिब ५० फिल्ममा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस