काभ्रेमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७७ अषाढ २९, सोमबार मा प्रकाशित ४९१ पटक पढिएको
काभ्रेमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

असार २९, काभ्रे । काभ्रेमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा दुई जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

आज थपिएका संक्रमित मण्डनदेउपुर नगरपालिकाका २७ वर्षीय पुरुष र पाँचखाल नगरपालिकाका २३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले बताए ।

उनका अनुसार संक्रमित दुवै क्वारेन्टिनमा बस्दै आएका थिए । पोजेटिभ देखिएका दुबै जनालाई थप उपचारको लागि काठमाडौँको टेकु अस्पताल पठाइएको डा.झाले जानकारी दिए ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । त्यस मध्ये १० उपचारपछि निको भएर घर फर्किएका छन् ।


प्रतिक्रिया दिनुहोस