काेराेना अपडेट: ५७ जना संक्रमित थपिए, १०३ जना डिस्चार्ज, हालसम्म ४० जनाकाे निधन

नौलो समाचार संवाददाता
२०७७ श्रावण ३, शनिबार मा प्रकाशित ६६६ पटक पढिएको
काेराेना अपडेट: ५७ जना संक्रमित थपिए, १०३ जना डिस्चार्ज, हालसम्म ४० जनाकाे निधन

साउन ३, काठमाडौं। शनिबार(अाज) थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

योसहित नेपालमा हालसम्म ११ हजार ६३७ उपचारपछि निको भएका छन्।

कूल संक्रमितमध्ये निको हुनेको दर ६७ दशमलब ५ प्रतिशत हो।

विगत २४ घण्टायता ३ हजार ३३१ जनाको कोरोनाको पिसिआर परीक्षण भएको छ। हाल २३ हजार २ सय ७५ जना क्वारेन्टाइनमा छन् भने ५ हजार २५ जना  आइसोलेसनमा छन्।

शनिबार थपिएका ५७ संक्रमितसमेत गरी देशभर कुल संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ।  प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै प्रदेश नम्बर ५ बाट ३ हजार ७१५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

त्यसैगरि, प्रदेश नम्बर २ मा २ हजार ६३३ जना र सुदुरपश्चिम प्रदेशमा १ हजार ६३४ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भईरहेका छन्।

कर्णाली प्रदेशमा १ हजार ४९२, गण्डकी प्रदेशमा ९४६ र प्रदेश नम्बर १ मा ७४९ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन्।

शुक्रबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

प्रतिक्रिया दिनुहोस