अाज १५६ जनामा कोरोना संक्रमण पुष्टि, ५८ जना डिस्चार्ज

काठमाडौं उपत्यकामा थपिए ३ जना संक्रमित
नौलो समाचार संवाददाता
२०७७ श्रावण ४, आईतबार मा प्रकाशित ६४३ पटक पढिएको
अाज १५६ जनामा कोरोना संक्रमण पुष्टि, ५८ जना डिस्चार्ज

साउन ४, काठमाडौं। आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । आज ५८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

हालसम्म ११ हजार ६ सय ९५ जनाले कोरोना जितिसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै देशभर हालसमम कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंका १ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण भेटिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अन्य संक्रमित देशका विभिन्न जिल्ला र स्थानका रहेेेका छन् । देशका विभिन्न २७ वटा प्रयोगशालामा ३ हजार ७४१ जनाको आरटी पीसीआर परीक्षणमा १५६ जना संक्रमित पाइएका हुन् ।

प्रतिक्रिया दिनुहोस