१८६ कोरोना संक्रमित थपिए, १७३ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७७ श्रावण ५, सोमबार मा प्रकाशित ४६५ पटक पढिएको
१८६ कोरोना संक्रमित थपिए, १७३ जना डिस्चार्ज

साउन ५, काठमाडौं। नोभेल कोरोना भाइरसका १८६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८६ संक्रमित थपिएका हुन् ।

यस साताको पहिलो दिन आइतबार १५७ जनामा कोरोना संक्रमित थपिएका थिए भने ५८ जना डिस्चार्ज भएका थिए ।

कुल कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । देशभर सक्रिय संक्रमितको पाँच हजार ९३६ रहेको छ । पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

त्यसैगरी शून्य संक्रमित रहेका ८ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, संखुवासभा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १७३ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ११ हजार ८६८ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट ६६ दशमलव ५१ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार २१६ देशभरका प्रयोगशालामार्फत हजार जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका २२ हजार २२८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस