भदौ १ गतेदेखि हवाइ उडान खोल्ने सरकारको निर्णय

नौलो समाचार संवाददाता
२०७७ श्रावण ५, सोमबार मा प्रकाशित ४७१ पटक पढिएको
भदौ १ गतेदेखि हवाइ उडान खोल्ने सरकारको निर्णय

साउन ५, काठमाडौं। सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको गरेको हाे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएपनि अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको बताए ।

मन्त्रीपरिषद बैठकले उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस