काठमाडौंका आठसहित देशभर १५० जनामा कोरोना, ६ सय ९ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७७ श्रावण ६, मंगलबार मा प्रकाशित ५०६ पटक पढिएको

काठमाडौंका आठसहित देशभर १५० जनामा कोरोना, ६ सय ९ जना डिस्चार्ज

साउन ६, काठमाडौं। मंगलवार देशभर १ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३ हजार ९ सय ६३ लाई गरिएको पीसीआर परीक्षणमा डेढ सयमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २७ प्रयोगशालमा ३ हजार ९ सय ६३ को परीक्षणलाई पीसीआर गरिएको बताए।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौंका ८ जना र स्टार अस्पतालमा ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलवार ६ सय ९ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हाजार ४ सय ७७ पुगेको छ। २१ हजार ७ सय ४ जना छन्।


प्रतिक्रिया दिनुहोस