मण्डनदेउपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७७ श्रावण ७, बुधबार मा प्रकाशित ६८८ पटक पढिएको

मण्डनदेउपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि

साउन ७, काभ्रे। मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ कालिदेवी प्राथमिक विद्यालयको क्वारेन्टाइन ब्यवस्थापनमा खटिएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मण्डनदेउपुर नगरपालिकाका क्वारेन्टाइन ब्यवस्थापक दिपक कुमार घिमिरेले स्वाब परीक्षणमा शंका लागेर थप परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको दाबी गरे पनि जिल्ला कमाण्ड पोष्टले भने संक्रमण भएको पुष्टि गरेको हो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले दैनिक उपलब्ध गराउने विवरणमा मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ घर भएका २९ बर्षीय पुरुषमा संक्रमण पुष्टि उल्लेख गरिएको छ । क्वारेन्टाइन ब्यवस्थापक घिमिरेले भने रिपोर्टमा शंका भएपछि थप परीक्षणका लागि धुलिखेल अस्पताल पठाएको भन्दै संक्रमण नै भन्न नमिल्ने बताएका थिए ।

संक्रमित ती पुरुषसँगै काम गर्ने अन्य ब्यक्तिमा समेत कोरोना संक्रमण नभएको बताइएको छ । उनी क्वारेन्टाइन भित्रै बस्ने ब्यक्ति भएकाले समुदायसम्म कोरोना फैलियो की भन्ने चिन्ता नलिन घिमिरेले आग्र  गरे । तर स्थानीयहरुले भने ती संक्रमित पुरुष चिया पसल देखि मेला पातमा समेत सहभागि भएको भन्दै उनीसँग सम्पर्कमा आएका सबैको पीसीआर गर्न माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस