साउन ८, काठमाडौं। काठमाडौं उपत्यका सहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ।
काठमाडौं उपत्यकामा थप ९ जना संक्रमित
बिहीबार काठमाडौं उपत्यकामा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ ५, ललितपुरमा २ र भक्तपुरमा २ गरी ९ जना संक्रमित थपिएको जानकारी दिए।
यो सँगै काठमाडौंँमा संक्रमित हुनेको संख्या २ सय ६५, ललितपुरमा ८२ र भक्तपुरमा ४९ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १ सय ५६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ।
प्रतिक्रिया दिनुहोस