प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण देखियो

नौलो समाचार संवाददाता
२०७७ श्रावण ११, आईतबार मा प्रकाशित ५०५ पटक पढिएको
प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण देखियो

साउन ११, काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

एक हवल्दार र तीन जवानमा कोरोना पुष्टि भएको हो । प्रहरी अस्पतालमा भएको परीक्षणमा संक्रमण देखिएपछि थप पुष्टिको लागि टेकु पठाइएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी निरजबहादुर शाहीले हामीले जानकारी दिनुभयो ।

केही दिनअघि सञ्चार र सवारी शाखामा कार्यरत चार जनालाई ज्वरो आएपछि पीसीआर परीक्षण गरिएकोमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।

कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएका अन्य १२ जनाभन्दा बढी प्रहरीको कोरोना परीक्षणको लागि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

यस्तै मुलुकका विभिन्न जिल्लाका हालसम्म नेपाल प्रहरीका १ सय १९ मा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ९५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

संक्रमितमा ६ इन्स्पेक्टर, ८ सई, ७ असई, ३६ हवल्दार, ६१ प्रहरी जवान र एकजना कार्यालय सहयोगी रहेका छन् । जसमध्ये दुई महिला र १ सय १७ पुरुष छन् ।


प्रतिक्रिया दिनुहोस