वीरगञ्जको नारायणी अस्पतालका चिकित्सक सहित थप २८ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ

नौलो समाचार संवाददाता
२०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित ३७६ पटक पढिएको
वीरगञ्जको नारायणी अस्पतालका चिकित्सक सहित थप २८ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ

साउन १६, वीरगञ्ज। कोरोना संक्रमितको उपचार गरिरहेको वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सहित आज थप २८ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले हामीलाई दिएको जानकारी अनुसार अस्पतालमा कार्यरत २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

उहाँका अनुसार ८ जना चिकित्सक सहित, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी गरी २८ जनामा संक्रमण देखिएको हो ।

संक्रमित चिकित्सकहरुमा २ जना फिजिसियन, ४ जना अर्थोपेडिसियन, १ जना सर्जन र १ जना मेडिकल अधिकृत रहेपछि त्यहाँको उपचार सेवा समेत प्रभावित बनेको छ ।

अस्पतालका कर्मचारीहरुमा कोरोना पुष्टी भएपछि उनीहरुको परिवारका सदस्यलाई समेत कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमितको संख्या बढ्दै गएपछि उनीहरुलाई होम आइसोलेसनमा राखिएको छ । यस्तै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुखमा पनि कोरोना पुष्टि भएको छ ।

नगर प्रमुख बिजय कुमार सरावगीलाई कारोना पुष्टि भएको हो । हल्का ज्वरो आउन थालेपछि राजधानीको टेकु अस्पतालमा हिजो गरिएको स्वाब परिक्षणमा कारोना पोजेटिभ देखिएको हो ।


प्रतिक्रिया दिनुहोस