दुई ट्राफिक प्रहरीमा कोरोना देखिएपछि महाशाखाबाट हुने सबै सेवा बन्द, तीन सय बढी प्रहरी क्वारेन्टाइनमा

नौलो समाचार संवाददाता
२०७७ श्रावण १८, आईतबार मा प्रकाशित ७०६ पटक पढिएको
दुई ट्राफिक प्रहरीमा कोरोना देखिएपछि महाशाखाबाट हुने सबै सेवा बन्द, तीन सय बढी प्रहरी क्वारेन्टाइनमा

साउन १८, काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि अहिले महाशाखा प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।

महानगरिय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम ढकालका अनसार त्यहाँ कार्यरत दुई जनामा कोरोना पुष्टि भएपछि तत्कालका लागि सम्पूर्ण सेवाहरु बन्द गरिएको हो ।

अहिले त्यहाँ करिब तीन सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ । सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ ।

महाशाखाको ब्यारेकमा रहेका ट्राफिक प्रहरीलाई कोरोना देखिएको थियो । क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ ।

उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । जसमा ३ सयभन्दा बढी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ ।

त्यस्तै, प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कटिङ्मा खटिने सवारीका चालकलाई पनि कोरोना देखिएको छ । २ सय ५० भन्दा धेरै प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।


प्रतिक्रिया दिनुहोस