काभ्रे जिल्लामा आज थप २ जनामा कोरोना संक्रमण

मास्क नलगाई हिड्ने ३९२ जना पक्राउ
नौलो समाचार संवाददाता
२०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ८४५ पटक पढिएको
काभ्रे जिल्लामा आज थप २ जनामा कोरोना संक्रमण

साउन २२, काभ्रे। काभ्रे जिल्लामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

संक्रमित बनेपा १ का २९ बर्षीय पुरुष र धुलिखेल ७ कि ४४ बर्षीय महिला रहेकाे जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुुख डा नरेन्द्र कुमार झाले जानकारी दिए ।

यस्तै, अाज घरबाहिर निस्कदा मास्क नलगाई हिड्ने विभिन्न स्थानका ३९२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ परेका मध्ये २६ जनालाई जनहि १०० रूपैका दरले जरिवाना गराईएकाे थियाे । अन्यलाई भने सम्झाई बुझाई छाडिएको थियाे ।

 


प्रतिक्रिया दिनुहोस