काेराेना अपडेट: अाज थपिए ४६४ संंक्रमित, ५ जनाकाे मृत्यु

उपत्यकामा थपिए १०६ जना, संक्रमितकाे संख्या ९८२
नौलो समाचार संवाददाता
२०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित ४८६ पटक पढिएको
काेराेना अपडेट: अाज थपिए ४६४ संंक्रमित, ५ जनाकाे मृत्यु

साउन २३, काठमाडौं। अाज (शुक्रबार) काठमाडौं उपत्यकामा १०६ कोरोना संक्रमित थपिएका छन्। यो हालसम्मकै उच्च संख्या हो। काठमाडौंमा मात्र अाज ९२, ललितपुरमा १०  र भक्तपुरमा ४ जना संक्रमित देखिएका छन्।

आजको सहित काठमाडौंमा कूल संक्रमितको संख्या ९८२ पुगेको छ।

काठमाडौंमा ७६६, ललितपुरमा १३४ र भक्तपुरमा ८२ संक्रमित पुष्टि भएका छन्।

अाज थपिए ४६४ संंक्रमित

अाज देशभर ४६४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। भने ४२५ जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या शुक्रबार १५ हजार ८ सय १४ पुगेको छ।

५ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा ५ संक्रमितको मृत्यु भएपछि मृत्यु हुने संक्रमितको संख्या ७० पुगेको छ।

प्रतिक्रिया दिनुहोस