काभ्रेमा अाज थपिए ६ जना संक्रमित

नौलो समाचार संवाददाता
२०७७ श्रावण २४, शनिबार मा प्रकाशित ५०९ पटक पढिएको
काभ्रेमा अाज थपिए ६ जना संक्रमित

साउन २४, काभ्रे। काभ्रेका ६ जनामा अाज काेराेना संक्रमण पुष्टि भएकाे छ । पाँच जना प्रहरी र अर्का एक जना अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

संघीय प्रहरी ईकाई काभ्रेका ५ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरूकाे शीर मेमोरियल अस्पतालमा उपचार भैैैैरहेकाे छ।

यस्तै, बनेेेपास्थित शीर मेमोरियल अस्पतालको आइसोलेसन वार्डमा कार्यरत एक कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ । यस अघि पनि काभ्रेका दुई प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।

आज थप ६ जनामा कोरोना पुष्टि भएसँगै काभ्रेमा संक्रमितको संख्या ४० पुगेको छ । शुक्रबारसम्म काभ्रेमा ३४ संक्रमित भेटिएका थिए ।


प्रतिक्रिया दिनुहोस