अाज ३७८ जनामा संक्रमण, ३ जनाकाे मृत्यु, ४९९ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७७ श्रावण २४, शनिबार मा प्रकाशित ४५० पटक पढिएको
अाज ३७८ जनामा संक्रमण, ३ जनाकाे मृत्यु, ४९९ जना डिस्चार्ज

साउन २४, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ४९९ जना डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ३ सय १३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ८८ जनाको पीसीआर परीक्षण गरिएकाे छ।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ६ रहेकाे छ।  देशभर क्वारेन्टिन १० हजार ७ सय ९२ रहेका छन्।

३ जनाकाे मृत्यु

गत २४ घण्टामा नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्सा, मोरङ र काठमाडौंमा १/१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस