काभ्रेकाे पाँचखालमा कोरोनाबाट महिलाको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३७५ पटक पढिएको
काभ्रेकाे पाँचखालमा कोरोनाबाट महिलाको मृत्यु

साउन २७, काभ्रे । पाँचखाल नगरपालिका वडा नम्वर १ अनेकोट पुरानो गाविस भवन गँगले टोल घर भएकी ५० बर्षिया महिलाको उपचारको क्रममा निधन भएको छ । काठमाडौको किस्ट अस्पतालमा उपचार गर्दा गर्दै निधन भए पछि महिलाको कोरोना परिक्षण गरिएको थियो । परिक्षणको क्रममा उहाँमा कोराना देखिएको हो ।

सामान्य परिवारका सदस्य उनिहरुको समुदायसँग आवतजावत कम छ ।

तीन छोरी र दुई छोरा रहेका महिलाका घरमा कहिलेकाँहि काठमाडौबाट छोरा छोरीका साथिहरु आउने गरेका थिए । त्यो बाहेक घरमा कोहि नआएको परिवारका सदस्यले जानकारी दिनु भयो । पाटन अस्पतालमा उपचार नभए पछि महिलालाई आईतबार किस्ट अस्पतालमा भर्ना गरिएको थियो । महिलालाई निमोनिया तथा छातिको समस्या देखिएको थियो । भेन्टिलेटरमा उपचारार्थ महिलाको सोमबार विहान ९ बजे मृत्यु भएको थियो । मृत्यु पश्चात उहाँको कोरोना परिक्षण गरिएको थियो ।

छोरा राजधानीमा काम गर्ने भएकाले उनको आवतजावत भईरहन्थ्यो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले सम्पर्क ब्यक्ति तथा घटनाका बारेमा थप अध्ययन गर्न स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरिसकेको जानकारी दिए । सम्पर्कमा भएका ब्यक्तिहरुको पहिचान गरी परिक्षण गर्ने र थप संक्रमण फैलन नदिने तर्फ चासो दिएको वडा अध्यक्ष हरि खतिवडा र अष्टमान लामाले जानकारी दिए ।

काभ्रे जिल्लामा ११ प्रहरी सहित ४८ जनामा कोरोना संक्रमण देखिएको छ । सक्रमण देखिएको मध्ये मृत्यु भएकी महिलामा पछि कोरोना देखिएको छ । अन्य केहि उपचारार्थ छन् भने २७ जना निको भएर घर फर्किएका छन् ।


प्रतिक्रिया दिनुहोस