साउन २७, काभ्रे। जिल्लामा अाज ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । काभ्रेको संघीय प्रहरी कार्यालयका ३ जना प्रहरी र धुलिखेल नगरपालिका ७ बस्ने ९२ वर्षका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जनकारी दिएका छन् ।
संक्रमितहरूकाे धुलिखेल अस्पपतालमा उपचार भैैैैरहेकाे पनि डा. झाले जानकारी दिए ।
अाज चार जना संक्रमित थपिएसंगै काभ्रेमा काेेेराेेेना संक्रमितकाे संख्या ५२ पुगेकाे छ ।
यसअघि पाँचखाल नगरपालिका वडा नम्वर १ अनेकोट पुरानो गाविस भवन गँगले टोल घर भएकी ५० बर्षिया महिलाको उपचारको क्रममा निधन भएको थियाे । काठमाडौको किस्ट अस्पतालमा उपचार गर्दा गर्दै निधन भए पछि महिलाको कोरोना परिक्षण गरिएको थियो । परिक्षणको क्रममा उहाँमा कोराना देखिएको थियाे ।
काेराेना संक्रमणबाट मृृृत्यु भएकाे काभ्रेमा याे नै पहिलाे घटना हाे ।
प्रतिक्रिया दिनुहोस