अब फेरि होटल रेष्टुरेण्टमा बसेर खान नपाइने, अन्तराष्ट्रिय उडान भदौ ३१ गतेसम्म बन्द

नौलो समाचार संवाददाता
२०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ५४९ पटक पढिएको
अब फेरि होटल रेष्टुरेण्टमा बसेर खान नपाइने, अन्तराष्ट्रिय उडान भदौ ३१ गतेसम्म बन्द

साउन २७, काठमाडौँ। सरकारले होटल रेष्टुरेण्डमा बसेर खान नपाइने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल रेष्टुरेण्डबाट ‘टेक अवे’ सुविधान लिन पाइने र बसेर खान नपाइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

सरकारले साउन १५ गतेदेखि होटल रेष्टुरेण्ड सञ्चालन हुन दिन पनि फेरि रोक लगाएको छ। त्यस्तै सरकारले भदौ १ गतेदेखि खोल्ने भनेको लामो दूरीका यातायात साउन १६ गतेदेखि मात्र सञ्चालन गराउने भएको छ।

अन्तराष्ट्रिय उडान भदौ मसान्तसम्म रोक्ने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए।

मन्त्री परिषरिषदको निर्णय सुनाउँदै उनले भने, ‘अन्तराष्ट्रिय उडान भदौ ३१ गते राति १२ बजेसम्म बन्द गरिएको छ। स्वदेश आउनै पर्नेलाई सहजिकरण गरेर ल्याइनेछ।’

यस्तै अब फुटपाथका व्यापार र कवाडी सङ्कलन पनि बन्द हुने भएका छन् । फुटपाथमा व्यापार, कवाडी सङ्कलन कार्य गर्दा कोरोना रोकथामका सामान्य उपाय पनि नअपनाएकाले ती क्रियाकलाप बन्द गर्न सरकारले निर्देशन दिएको छ । यसको लागि सम्बन्धित पालिकाले समन्वय गर्नेछन्


प्रतिक्रिया दिनुहोस