काभ्रे प्रवेश गर्ने नाकाहरुमा कडाइ

नौलो समाचार संवाददाता
२०७७ श्रावण २८, बुधबार मा प्रकाशित ५०८ पटक पढिएको
काभ्रे प्रवेश गर्ने नाकाहरुमा कडाइ

साउन २८, काभ्रे। काभ्रेमा पनि कोरोना भाइरसको संक्रमण बढ्न थाले पछि जिल्ला प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिएको छ । अत्यावश्यक बस्तु ढुवानीका बाहेक सबै सवारीहरुलाई नाकाबाट प्रवेशमा रोक लागाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए  ।

पूर्वी तराईको विभिन्न जिल्लाबाट आउने सवारी साधन विपी राजमार्गको मंगलटार पूर्वी पाहाडी जिल्लाबाट आउने सवारी साधन अरनिको राजमार्गको दोलालघाट र उपत्यकाबाट काभ्रे जिल्ला प्रवेश गर्ने साँगा नाकामा थप सतर्कता अपनाइ कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जानकारी दिए ।

सरकारले ढुवानीका सवारी साधन रातको समयमा पनि चल्ने दिने भएपछि काभ्रेको साँगा नाका हुँदै राति दैनिक सयौंको संख्यामा टिपर उपत्यका प्रवेश गरेका कारण नाकामा लामो जाम हुने गरेकोले त्यसलाई व्यवस्थित गरि चलाउने भएको छ ।

काभ्रेमा हालसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । संक्रमित मध्य २९ जना उपचार पछि निको भएर डिस्चार्ज भएको र २३ जना आइसोलेशनमा उपचार भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस