साउन २९,काभ्रे। जिल्लामा आज एकैदिन ९ जनामा कोरोना संक्रमण देखिएको छ । धुलिखेल अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी सहित ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
संघीय प्रहरी इकाई कार्यालय काभ्रे जनागालमा रहेका ६ जना, १ स्वास्थ्यकर्मी, १ होटल व्यवसायी र १ सर्वसाधारणमा कोरोना संक्रमण देखिएको हो ।
काेराेना महामारीको उच्च जाेेेखिममा रहेकाे काभ्रे जिल्लामा अाज एकै दिन ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
धुलिखेल अस्पतालसम्म सिल
काेरोना संक्रमित ९८ बर्षका बृद्धको परिवारले धुलिखेल अस्पताल लगायत समुदायका धेरै मानिसमा भेटघाट गरेको पाईएकोले धुलिखेल अस्पताल परिसरको विपि राजमार्ग देखि अस्पताल सम्म सिल गर्ने निर्णय गरेको छ ।
काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झा, अस्पतालका प्रवक्ता डा.सुमनराज ताम्राकार लगायत स्थानिय प्रतिनिधिहरु बसेको संयुक्त बैठकले अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
स्वास्थ्यकर्मीमै संंक्रमण देखिएसंगै धुलिखेल अस्पतालकाे अाेेेपिडि सेवा पनि बन्द गरिएको छ।
प्रतिक्रिया दिनुहोस