पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

नौलो समाचार संवाददाता
२०७७ श्रावण २९, बिहिबार मा प्रकाशित ३५८ पटक पढिएको
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

साउन २९, काठमाडौं। नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसंगै मृतकको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

थपिएका मृतकमा महोत्तरी मटिहानीका ४५ वर्षीय पुरुष, धनुषा मिथिलाकी ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङ्ग विराटनगरका ५७ वर्षीय पुरुष हुन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय २५ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको हो ।

हाल सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक सय ९ जनामात्र संक्रमणमुक्त भएका छन् ।

योसंगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार ८ सय ३७ रहेको छ ।


प्रतिक्रिया दिनुहोस