काभ्रेका स्थानीयतहहरुमा अत्यावश्यक वाहेकका सेवा बन्द

नौलो समाचार संवाददाता
२०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित ३५९ पटक पढिएको
काभ्रेका स्थानीयतहहरुमा अत्यावश्यक वाहेकका सेवा बन्द

साउन ३०, काभ्रे। नेपालमा कोरोना भाईरसको महामारी बढ्दै गएको तथा काभ्रेका धेरै स्थानीयतहहरुमा कोरोना संक्रमितकाे दर बढ्दै गएपछि काभ्रेका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।

जिल्लाका पनौती नगरपालिका, नमोबुद्ध नगरपािलका, बनेपा नगरपालिका, पाँचखाल नगरपालिका र मण्डनदेउपुर नगरपालिकाले नगरवासिहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर राख्दै नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुबाट प्रवाह गर्ने अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु एक हप्ता बन्द गर्ने जनाएका हुन ।

यस अघि विहिबार धुलिखेल नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द भएको जानकारी गराईसकेको छ ।


प्रतिक्रिया दिनुहोस