कोरोनाले थप दुईको मृत्यु, थप ४६८ जनामा कोरोना संक्रमण, १२४ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७७ श्रावण ३१, शनिबार मा प्रकाशित ३९३ पटक पढिएको
कोरोनाले थप दुईको मृत्यु, थप ४६८ जनामा कोरोना संक्रमण, १२४ जना डिस्चार्ज

साउन ३१, काठमाडौँ। कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप दुई जनाको ज्यान गुमेको छ। योसँगै नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ।

कपिलवस्तुका ४० वर्षीय एक पुरुषको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको हो भने  धनुषाका ५० वर्षीय पुरुषको पनि निधन भएको छ। पछिल्लो २४ घन्टामा नेपालमा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार १९ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार २०१ उपचारपछि निको भएका छन्।


प्रतिक्रिया दिनुहोस