धुलिखेल अस्पतालका ४ कर्मचारीसहित काभ्रेमा थपिए ५ जना संक्रमित

नौलो समाचार संवाददाता
२०७७ श्रावण ३२, आईतबार मा प्रकाशित ९८७ पटक पढिएको
धुलिखेल अस्पतालका ४ कर्मचारीसहित काभ्रेमा थपिए ५ जना संक्रमित

साउन ३२, काभ्रे । धुलिखेल अस्पतालका ४ कर्मचारीसहित काभ्रेमा अाज ५ जना काेराेना संक्रमित थपिएका छन् । अस्पतालका संक्रमित कर्मचारीमध्ये ३ जना महिला रहेका छन् भने एक जना पुरूष रहेका छन् । संक्रमित महिला २० र २६ वर्ष र पुरूष ३० वर्षका रहेका छन् ।

यस्तै अर्का एक जना संक्रमित बनेेेपा नगरपालिका १३ बस्ने ३५ वर्षका पुरूष रहेकाे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए।

अाज थपिएका ५ जना संंक्रमित सहित काभ्रेमा संक्रमितकाे संख्या ७६ पुुुगेकाे छ।

जिल्लामा प्रशासन र सबै पालिकाहरूलेे अत्यावश्यक बाहेकका भिडभाड हुने व्यवशाय, मिटिङ, सेमिनार, छलफल नगर्न सूचना जारी गरेपनि स्वयम् पालिकाहरूले अाफ्नै निर्णय अाफैैैले उलंंघन गरेकाेे पाईएकाे छ ।

 


प्रतिक्रिया दिनुहोस