उपत्यकामा एकै दिन थपिए १६८ जना कोरोना संक्रमित, १६० जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७७ भाद्र १, सोमबार मा प्रकाशित ४०७ पटक पढिएको
उपत्यकामा एकै दिन थपिए १६८ जना कोरोना संक्रमित, १६० जना डिस्चार्ज

भदौ १, काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८ जनामा संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

आइतबार मात्रै १२७ जना जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। काठमाडौंका १३९ जना, भक्तपुरका १४ जना र ललितपुरका १५ गरी कूल  १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमिको संख्या २७ हजार २४१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १६० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ रहेको छ। काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५  र भक्तपुरमा १४  जनामा संक्रमण देखिएको छ। नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १०७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस