काभ्रेमा काेराेनाबाट थप १ जनाकाे मृत्यु

नौलो समाचार संवाददाता
२०७७ भाद्र २, मंगलबार मा प्रकाशित ३८८ पटक पढिएको
काभ्रेमा काेराेनाबाट थप १ जनाकाे मृत्यु

भदौ २, काभ्रे। एक सातादेखि धुलिखेल अस्पतालमा उपचाररत् कोरोना संक्रमित ९८ वर्षीय वृद्धको मृत्यु भएको छ।

मंगलबार बिहान राति साढे १२ बजे धुलिखेल नगरपालिका-६ का रामचन्द्र श्रेष्ठको मृत्यु भएको हो।

उनको स्वासप्रश्वास, छाती तथा घाँटीमा समस्या थियो। प्लाज्मा थेरापी उपचारबाट वृद्धलाई बचाउन आफन्त लागिपरे पनि बचाउन नसकिएकाे अाफन्तले बताएका छन् । श्रेष्ठलाई नयाँ बानेश्वरस्थित घरमा रहँदा कोरोना संक्रमणको लक्षण देखिएको थियो। धुलिखेल अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनलाई धुलिखेल अस्पतालको आइसियूमा राखिएको थियो।

श्रेष्ठ साउन २६ गते धुलिखेल अस्पताल भर्ना भएका थिए।

बृद्धकाे रेखदेेख बानेश्वरस्थित घरमा छाेराबुहारीले गर्दै अाएका थिए, उनीहरू दुबैजनालाई पनि काेराेना देखिएकाे छ । दुवै बानेश्वरको घरमै आइसोलेसनमा बसेका छन्। यी वृद्धको परिवारमा १२ जना छन्। तीमध्ये दुई जना संक्रमित देखिएका छन्। ९ जनाको पिसिआर नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आइसकेको छैन।


प्रतिक्रिया दिनुहोस