भदाै २, काभ्रे। जिल्लामा अाज ठुलाे संख्यामा काेराेना संक्रमित फेला परेका छन् । काभ्रेमा एकैदिन १७ जनामा कोरोना पुष्टि भएकाे हाे ।
कोरोना संक्रमणका कारण अाज (मंगलबार) मृत्यु भएका धुलिखेल नगरपालिका-६ का ९८ वर्षिय वृद्ध रामचन्द्र श्रेष्ठको परिवारका ७ जनामा पनि काेराेेेना संंक्रमण पुष्टि भएकाे हाे ।
यस्तेैै, धुलिखेल अस्पतालका ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको हो ।
यस्तै, जिल्लामा प्रहरी सहित ४ जनामा कोरोना संक्रमित थपिएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका २ जना प्रहरी, स्पाईनल इन्जुरीमा कार्यरत एक जना स्वास्थयकर्मी तथा धुलिखेलका एक स्थानीय (वकील)मा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए ।
जिल्ला प्रहरीका २ जना संक्रमित विदा बसेर आएका हुन् । उनीहरू धुलिखेलमा रहेको क्वारेन्टाईनमा बसिरहेका जिल्ला प्रहरी प्रमुख एसपी रवि पौडेलले जानकारी दिए।
अाज थपिएका १७ जना सहित काभ्रेमा संक्रमितकाे संख्या ९७ पुुुगेकाे छ ।
प्रतिक्रिया दिनुहोस