अाज ७ जना कोरोना संक्रमितको मृत्यु, थपिए १०१६ जना संक्रमित

काठमाडौं उपत्यकामा २०५ जना थपिए
नौलो समाचार संवाददाता
२०७७ भाद्र २, मंगलबार मा प्रकाशित ३६८ पटक पढिएको
अाज ७ जना कोरोना संक्रमितको मृत्यु, थपिए १०१६ जना संक्रमित

भदौ २, काठमाडौं। पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशका विभिन्न स्थानका अस्पतालमा उपचाररत ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

काभ्रे, बाँके, मोरङ, धनुषा, कास्की, नवलपरासी तथा तनहुँमा एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए।

यो सहित नेपालमा ११४ कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो हालसम्मकै सबैभन्दा धेरै हो।

काठमाडाैैैँमा मात्रै पछिल्लो २४ घन्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँ जिल्लामा १३८,  ललितपुरमा ५० र भक्तपुरमा १७ जना नयाँ संक्रमित थपिएका छन्।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार २५७ जना पुगेको छ।


प्रतिक्रिया दिनुहोस