काभ्रेमा आज ५ जना थपिए संक्रमित, १०२ पुग्याे संख्या

नौलो समाचार संवाददाता
२०७७ भाद्र ३, बुधबार मा प्रकाशित ६१३ पटक पढिएको
काभ्रेमा आज ५ जना थपिए संक्रमित, १०२ पुग्याे संख्या

भदाै ३, काभ्रे। काभ्रेमा तिब्रताका साथ कोरोना संक्रमित बढिरहेका छन् । अाज (बुधबार) जिल्लामा थप ५ जना काेराेेेना संक्रमित भेटिएका छन् ।

अाज धुलिखेल अस्पतालका ३ जना कर्मचारी, बनेपा नगरपालिका ९ की २९ बर्षिय एक जना महिला, बनेपा १३ का ३९ बर्षिय पुरुषमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

अाज ५ जना थपिएसंंगै काभ्रेमा संक्रमितकाे संख्या १०२ पुगेकाे छ ।

संक्रमित तिब्र गतिमा बढिरहदा पनि स्थानीय सरकारले जनचेतनाका कार्यक्रमहरू गरेकाे देखिदैन । सरकारले जारी गरेकाे स्वास्थ्य सम्बन्धि नियम पनिि कडााइसाथ लागू गराउन सकेकाे छैैन । अाम सर्वसाधारण नागरिक पनि काेराेेेना संंक्रमणकाे बेवास्ता गर्दै मास्क तथा सतर्कता बिना नै बजार पसल चहारिरहेका देखिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस