नेपालमा कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, ८३८ संक्रमित थपिए

२५० जना ‘डिस्चार्ज’
नौलो समाचार संवाददाता
२०७७ भाद्र ५, शुक्रबार मा प्रकाशित ४०४ पटक पढिएको
नेपालमा कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, ८३८ संक्रमित थपिए

भदौ ५, काठमाडौं। नेपालमा कोरोना संक्रमितमध्ये थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

मृत्यु हुनेमा एक महिला र १० पुरुष छन् । विभिन्न ११ जिल्लामा एक/एकजनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

थप ८३८ जनामा संक्रमण

प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा देशभर ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

योसँगै कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा मात्रै १८२ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन् ।

प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा देशभरका विभिन्न अस्पतालबाट २५० जना ‘डिस्चार्ज’ भएको जानकारी दिनुभयो । योसहित कोरोना निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।

मन्त्रालयकाअनुसार हाल देशभर ‘क्वारेन्टिन’मा रहनेको संख्या १२ हजार २३४ रहेको छ ।


प्रतिक्रिया दिनुहोस