धुलिखेलमा दैनिक १ हजार जनाको काेराेेेना परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा

नौलो समाचार संवाददाता
२०७७ भाद्र ७, आईतबार मा प्रकाशित ५३५ पटक पढिएको
धुलिखेलमा दैनिक १ हजार जनाको काेराेेेना परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा

भदाै ७, काभ्रे। बागमती प्रदेश सरकारले काभ्रेको धुलिखेलमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ । दैनिक एक हजार जनाको स्वाब परीक्षण गर्न सकिने प्रयोगशाला प्रदेश सरकारले सञ्चालनमा ल्याएको हो । प्रयोगशाला ब्यवस्थापन धुलिखेल नगरपालिकाले गरेको छ । प्रयोगशालामा सरकारी दरबन्दीका १३ र करारमा ९ जना कर्मचारीले काम गर्नेछन् ।

सामाजिक विकास मन्त्री युवाराज दुलालले ल्याबको सुरुवात गरेका हुन्। प्रयोगशाला सञ्जिवनी स्कुलको छात्राबासमा राखिएको छ । पछि नगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रयोगशालाको छुट्टै भवन निर्माण हुने नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिए ।

अहिले जिल्लामा धुलिखेल अस्पतालले मात्रै कोरोना भाइरसको परीक्षण गर्दै आएको छ । धुलिखेलको प्रयोगशालामा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लामा संकलन गरिएको स्वाब परीक्षण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस