काभ्रेमा अाईतबार थपिए ४ जना संक्रमित

संक्रमितकाे संख्या १४३
नौलो समाचार संवाददाता
२०७७ भाद्र ७, आईतबार मा प्रकाशित ८४३ पटक पढिएको
काभ्रेमा अाईतबार थपिए ४ जना संक्रमित

भदाै ७, काभ्रे। जिल्लामा अाईतबार ४ जना काेराेना संक्रमित थपिएका छन् । काभ्रेका धुलिखेल अस्पताल र स्पाईनल ईन्जुरी अस्पतालमा धेरै संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएका छन्। अाज संक्रमित हुने पनि धुलिखेल अस्पतालका ३ जना रहेका छन् भने पाँचखाल नगरपालिका -४ तामाघाट बस्ने वर्ष ३८ कि महिलामा काेराेना संक्रमण पुष्टि भएकाे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए।

अाज थपिएका ४ सहित जिल्लामा संक्रमितकाे संख्या १४३ पुगेकाे छ।

स्पाईनल इन्जुरीमा २५, धुलिखेल अस्पतालमा २६ र शिर मेमोरियल अस्पतालमा १ जना गरी ५२ जना ब्यक्ति अस्पतालमा संक्रमित देखिएका छन् । संघीय प्रहरी १९, जिल्ला प्रहरी ३, प्रहरी परिवार २ गरी २४ जना ब्यक्ति संक्रमित देखिएका छन् । धुलिखेलमा ९८ बर्षिय ब्यक्तिको निधन भएसँगै उहाँको परिवारमा १० जनामा संक्रमण देखिएको छ । बैदेशिक रोजगारबाट फर्किनेहरु २५ जना संक्रमित भएका छन् । अन्य सर्वसाधारण छन् । जनप्रतिनिधि र कानुन ब्यवसायी १/१ जना संक्रमित छन् ।

बनेपा नगरपालिका वडा नम्वर १३ भैसेपाटीमा रहेको स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र विरामीहरुमा तथा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिए पछि उक्त क्षेत्रमा शिल गरिएको छ ।

कोरोना संक्रमणका कारण काभ्रेमा दुई जनाको निधन भैैसकेेको छ।


प्रतिक्रिया दिनुहोस