काभ्रेमा साेमबार दुई जनामा कोरोना संक्रमण, हालसम्म ६२ जनाले जिते काेराेना

नौलो समाचार संवाददाता
२०७७ भाद्र ८, सोमबार मा प्रकाशित ३८५ पटक पढिएको
काभ्रेमा साेमबार दुई जनामा कोरोना संक्रमण, हालसम्म ६२ जनाले जिते काेराेना

भदौ ८, काभ्रे। काभ्रेमा अाज दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पनौती नगरपालिका वडा नम्बर ४ का ९ वर्षीय बालक र बनेपा नगरपालिका ९ का ३२ वर्षका पुरूष रहेका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या १ सय ४५ पुुुुगेको छ।

काभ्रेमा ६२ जना संक्रमण मुुुुक्त

काभ्रेमा हालसम्म ६२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्ला कमाण्ड पोष्टका अनुसार सोमबार साँझसम्म १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ६२ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका हुन् ।

काभ्रे जिल्लामा अहिले ८० जना ब्यक्ति विभिन्न अस्पताल तथा हाम आइसोलेसनमा बिसिरहेका छन् । जिल्लामा आइसोलेसन वेडको संख्या १ सय ६ पुगेको छ । सबैभन्दा बढी बनेपा नगरपालिकामा ५६ वेडको आइसोलेसन वेड रहेको छ । धुलिखेलमा ३१, पनौतीमा ६, पाँचखालमा ७ र नमोबुद्ध नगरपालिकामा ६ वेडको आइसोलेसन वेड रहेको छ ।

जिल्लामा ८४५ वेडको क्वारेन्टाइन रहेको छ । हालसम्म ९ सय ४३ जना पुरुष र १ सय ९३ जना क्वारेन्टाइन बसेका छन् । सोमबार पनि जिल्लाको विभिन्न क्वारेन्टाइनमा ३२ जना पुरुष र २ जना महिला बसिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस