काभ्रेमा मंगलबार थपिए १७ जना संक्रमित, ३ जना डिस्चार्ज

संक्रमितकाे संख्या १६२
नौलो समाचार संवाददाता
२०७७ भाद्र ९, मंगलबार मा प्रकाशित ८५६ पटक पढिएको
काभ्रेमा मंगलबार थपिए १७ जना संक्रमित, ३ जना डिस्चार्ज

भदौ ८, काभ्रे। काभ्रेमा अाज (मंगलबार) १७ जना काेराेना संक्रमित थपिएका छन् । अाज पनि ठुलाे संख्यामा पनाैती, बनेपा, धुलिखेल र भुम्लु गाउँपालिकामा गरी १७ जना  संक्रमित फेला परेका हुन् ।

पनाैती नगरपालिकामा ६ जना, बनेपा नगरपालिकामा ६ जना, धुलिखेल अस्पतालका ३ जना कर्मचारी र भुम्लु गाउँपालिकामा २ गरी १७ जना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाले जाजकारी दिए ।

योसंगै काभ्रेमा संक्रमितकाे सख्या १६२ पुगेकाे छ।

यसैविच भुम्लु गाउँपालिका वडा नम्बर ८ मा कार्यरत एक कर्मचारीमा काेराेना भाइरस देखिएसंगै उक्त वडाका सम्पूर्ण क्षेत्र शिल गरिएकाे छ।

यस्तै आज जिल्लाको नमोबुद्ध नगरपालिकाको आइसोलेसनमा उपचाररत तीनजना कोरोना संक्रमित कोरोना जितेर घर फर्किएका छन् ।

दोस्रोपटकको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आज नगरपालिकाले विदाई गरेको हो ।


प्रतिक्रिया दिनुहोस