संक्रमित रहेका पनाैतीका ३ वटै वडा शिल

नौलो समाचार संवाददाता
२०७७ भाद्र १०, बुधबार मा प्रकाशित ५४० पटक पढिएको
संक्रमित रहेका पनाैतीका ३ वटै वडा शिल

भदौ १०, काभ्रे। काभ्रे दिनप्रतिदिन फैलिरहेकाे काेराेना भाइरस समुदायमा प्रवेश गरेसंगै स्थानीयतहहरूले थप सतर्कता अपनाउन थालेका छन्। जिल्लाकाे पनाैती नगरपालिकाका विभिन्न वडामा पनि काेराेना संक्रमितकाे संख्या थपिएसंगै स्थानीयतहले अाफ्ना प्रभावित क्षेत्र शिल गरेका छन् ।

पनाैती नगरपालिकाका वडा नंम्बर ४, ५ र ९ गरी तीन वटा वडाका संक्रमित रहेका क्षेत्र शिल गरिएको नगरपालिकाले जानकारी दिएको छ। पनाैती वडा नंम्बर ४ काे दुधमिल/दुर संचार कृषि सडक क्षेत्र शिल गरिएकाे छ । यस्तै वडा नम्बर ५ काे महत गाउँ क्षेत्र, र वडा नंम्बर ९ काे भण्डारी गाउँ क्षेत्र अासपास शिल गरिएकाे छ।

हिजाे (मंगलबार) मात्र पनाेतीमा ६ जना संक्रमित पुष्टि भएकाे थियाे । समग्र काभ्रेमा मंगलबार १८ जना संक्रमित भेटिएका हुन् ।

पनाैती नगरपालिकाद्वारा जारी सूचना


प्रतिक्रिया दिनुहोस