भदौ १०, काभ्रे। काभ्रेमा अाज (बुधबार) ११ जना संक्रमित थपिएका छन् । संक्रमितहरू बनेपाका रहेकाे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाले उक्त कुराकाे जानकारी दिएका हुन् । संक्रमित बनेपा नगरपालिका वडा नंम्बर १३ का रहेका छन् ।
११ जना मध्ये एकै परिवारका ७ जनामा कोरोना देखिएको छ । त्यसमध्ये जिल्ला समन्वय समिति काभ्रेका एक जना पदाधिकारीमा कोरोना संक्रमण देखिएको छ । ती पदाधिकारीको परिवारका एक सदस्यलाई भदौ ६ गते संक्रमण पुष्टि भएपछि प्रत्यक्ष सम्पर्कमा आएका अन्य सदस्यको स्वाब परीक्षण गर्दा समन्वय पदाधिकारी सहित ७ जनामा संक्रमण देखिएको हो । यसअघि संक्रमण पुष्टि भएका स्पाइनल इन्जुरी पुनस्स्थापना केन्द्रका एक कर्मचारीको परिवारका थप ३ जनामा बुधबार संक्रमण पुष्टि भएको छ । भदौ २ गते ती कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।
बुधबार थप एक सरकारी कर्मचारीमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
अाज थपिएका संक्रमितसंगै काभ्रेमा काेराेना संक्रमितकाे संख्या १७४ पुगेकाे छ ।
४ जना डिस्चार्ज
यस्तै अाज ४ जना संक्रमित उपचारपछि निकाे भएर घर फर्किएका छन् । काभ्रेकाे भुम्लु गाउँपालिकाका ४ जना कोरोना संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् । धुलिखेल अस्पतालको आइसोलेसनमा उपचार गरी दोस्रोपटकको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु घर फर्किएका हुन्।
प्रतिक्रिया दिनुहोस