काभ्रेमा ५ संक्रमित थपिए, संक्रमितकाे संख्या १ सय ९१

नौलो समाचार संवाददाता
२०७७ भाद्र ११, बिहिबार मा प्रकाशित ४२६ पटक पढिएको
काभ्रेमा ५ संक्रमित थपिए, संक्रमितकाे संख्या १ सय ९१
corona kavre

भदौ ११, काभ्रे। काभ्रेमा आज ५ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेहरुमा बनेपा नगरपालिकाका ५३ बर्षिय पुरुष, तेमाल गाउँपालिकाका बर्ष ३७ को महिला, पनौती नगरपािलकाका बर्ष ३४ की महिला र धुलिखेल नगरपालिकाका ३ बर्षिय बालिकामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुुुुमार झाले जानकारी दिए । यस्तै, जिल्लामा एक जना पत्रकारमा पनि काेराेना संंक्रमण पुष्टि भएकाे छ।

हिजाे बुधवार राती स्पाईनल इन्जुरी अस्पतालका ६ जना पुरुष र ६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो संगै काभ्रेमा संक्रमितको संख्या १९१ पुगेको छ । ६९ जना डिस्चार्ज भईसकेका छन् भने बाँकीको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । काभ्रेमा काेेेराेेेनाबाट २ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस