काभ्रेका पत्रकारमा पहिलो पटक कोरोना पुष्टि

आज थपिए ५ संक्रमित
नौलो समाचार संवाददाता
२०७७ भाद्र ११, बिहिबार मा प्रकाशित ५२१ पटक पढिएको
काभ्रेका पत्रकारमा पहिलो पटक कोरोना पुष्टि

भदौ ११, काभ्रे। काभ्रेका एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । हातको उपचार गराउन काठमाण्डौ स्थित बीर अस्पताल पुग्नुभएको उहाँको कोरोना परीक्षण हुँदा पोजेटिभ देखाएका हो ।

ट्रमा सेन्टरले अपरेसनका लागि स्वाब परीक्षणको रिपोर्ट ल्याउन आग्रह गरेपछि परीक्षण गर्ने क्रममा कोरोना संक्रमण पुष्टि भएको उहाले जानकारी दिनुभयो ।

४३ बर्षिय संक्रमित पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमित पत्रकार होम आइसोलेसनमा बस्नुभएको छ ।

काभ्रेका पत्रकार सहित अाज जिल्लामा ५ जना काेराेना संक्रमित थपिएका छन् । काभ्रेमा अाज (बिहिवार)सम्म १९१ जनामा काेराेना संंक्रमण पुुुष्टि भएकाे छ।


प्रतिक्रिया दिनुहोस