काभ्रेमा २९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२०

नौलो समाचार संवाददाता
२०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ४५१ पटक पढिएको
काभ्रेमा २९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२०

भदौ १२, काभ्रे । काभ्रेमा शुक्रवार एकैदिन २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लामा २९ जना संक्रमित थपिएको जानकारी दिए।

थपिनेमा स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरु २० जना पुरुष र ७ जना महिला, शिर मेमोरियल अस्पतालका १ जना पुरुष र भुम्लु गाउँपालिकाकाका १ जना पुरुष सहित २९ जना रहेका छन् ।

यो सँगै जिल्लामा संक्रमितको संख्या २ सय २० पुगेको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा। नरेनद्रकुमार झाले संक्रमण फैलिएको र नियन्त्रणका लागि स्वास्थ्कर्मीहरुको टिम परिचालन गरिएको बताउनु भयो । समुदाय र नागरिक समाजको सहयोगमा मात्र संक्रमण नियन्त्रणमा लिन सकिने भएकाले सचेत रहन डा. झाले आग्रह गरेका छन् ।

स्पाईनल पछि संक्रमित भएको क्षेत्र धुलिखेल अस्पताल हो । जहाँ ३१ जना स्वास्थ्यकर्मी संक्रमित छन् । प्रहरी २२ जना संक्रमित भएका छन् ।


प्रतिक्रिया दिनुहोस