काठमाडाैँ उपत्यकामा ४१५ सहित थपिए ९२७ सङ्क्रमित, १२ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ४१० पटक पढिएको
काठमाडाैँ उपत्यकामा ४१५ सहित थपिए ९२७ सङ्क्रमित, १२ जनाको मृत्यु

भदौ १२, काठमाडौं। नेपालमा ९२७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

देशभरि सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ३६,४५६ पुगेको छ।

सो अवधिमा कोभिड-१९ देखिएका थप १२ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। यो एकै दिन मृत्यु पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो।

एक चिनियाँ नागरिकसहित देशभरि १९५ जनाले कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाइसकेका छन्।

सञ्चारकर्मीहरू सङ्क्रमित तर कार्यालयमै आइसोलेशन बनाएर रेडियो प्रसारणलाई निरन्तरता

कोभिड-१९ ठूलो भिडमा कसरी फैलिन सक्छ भन्नेबारे जर्मनीमा अध्ययन

अहिले देशभरि १६,०१९ जनामा सक्रिय सङ्क्रमण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।

सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये काठमाण्डू उपत्यकाका ४१५ जना छन्।


प्रतिक्रिया दिनुहोस