नेपाल आइडलले पायो पहिलो महिला विजेता, सज्जा चौलागाईंले जितिन् नगद ५० लाख पुरस्कार

नौलो समाचार संवाददाता
२०७७ भाद्र १३, शनिबार मा प्रकाशित ९६९ पटक पढिएको
नेपाल आइडलले पायो पहिलो महिला विजेता, सज्जा चौलागाईंले जितिन् नगद ५० लाख पुरस्कार

भदौ १३, काठमाडौं। नेपाल आइडलले पहिलोपटक महिला विजेता पाएको छ।

सज्जा चौलागाईं सिजन ३ को विजेता बनेकी हुन्। आज भएको फाइनलमा अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन्।

विजेता बनेकी सज्जाले ५० लाख रूपैयाँ पुरस्कार पाएकी छन्।

प्रविण बेडुवाल फर्स्ट रनरअप भएका छन्। उनले १० लाख रूपैयाँ पुरस्कार जितेका छन्।

सेकेण्ड रनरअप भएका किरणकुमार भुजेलले पाँच लाख रुपैयाँ पुरस्कार जितेका छन्।

सिजन-३ को फाइनल छनोटको क्रममा एकजनामा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि सबैजना क्वारेन्टिन तथा आइसोलेसनमा बसेका छन्। जसकारण विजेता घोषणा अन्नपूर्ण मिडिया ग्रुपमा अध्यक्ष क्म्याप्टेन रामेश्वर थापाले गरेका थिए। उनले अवस्था सहज भएपछि चाँडै सिजन-४ ल्याउने प्रतिबद्धता जनाए।

विभिन्न प्रतिस्पर्धीलाई पछि पार्दै सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल उत्कृष्ट तीनमा पुगेका थिए। कोभिड-१९ का कारण ग्रान्ड फिनाले सामान्य तवरमै सञ्चालन गरिएको प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए।

लकडाउन नभएको भए गत चैतमै कार्यक्रम सम्पन्न भइसक्थ्यो। कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो।


प्रतिक्रिया दिनुहोस