बनेपाको स्पाईनल इन्जुरी अस्पतालमा अझै थपिए संक्रमित, अाज ३६ जना

जिल्लामा हालसम्म २ सय ५८ संंक्रमित
नौलो समाचार संवाददाता
२०७७ भाद्र १३, शनिबार मा प्रकाशित ५१० पटक पढिएको
बनेपाको स्पाईनल इन्जुरी अस्पतालमा अझै थपिए संक्रमित, अाज ३६ जना

भदाै १३, काभ्रे। काभ्रेमा अाज थप ३६ जनामा काेराेना संक्रमण देखिएकाे छ। संक्रमित सबै काेराेनाकाे केन्द्र बन्दै गएकाे साँगामा रहेको स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत कर्मचारी तथा बिरामी र उनीहरूकाे कुरूवा रहेका छन् ।

बनेपा नगरपालिका वडा नम्वर १३ साँगामा रहेको स्पाईनल इन्जुरी अस्पतालमा एकै दिन शनिबार प्रादेशिक प्रयोगशाला धुलिखेलमा गरिएको परिक्षणमा ३६ जना संक्रमित थपिएका छन् । अस्पतालमा संक्रमित हुनेहरुको संख्या १ सय ४ पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

उक्त अस्पतालमा कार्यरत १७ जना कर्मचारी, तालिमकर्ता ११ जना, विरामी र विरामी कुरुवा ७२ जना, क्यान्टिनमा कार्यरत ४ जना गरी १ सय ४ जना संक्रमित भएका छन् ।

याे संगै जिल्लामा संक्रमित हुनेहरुको संख्या २ सय ५८ पुगेको छ । अाजसम्म काभ्रेमा ९३ जनाले काेराेना जितेर उपचार पछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस