काभ्रेमा थप ७ जनामा काेराेना संक्रमण

नौलो समाचार संवाददाता
२०७७ भाद्र १४, आईतबार मा प्रकाशित ६२४ पटक पढिएको
काभ्रेमा थप ७ जनामा काेराेना संक्रमण

भदौ १४, काभ्रे। काभ्रेमा अाज (अाइतबार) ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। जिल्लाकाे धुलिखेलमा ६ जना संक्रमित भेटिएका छन् भने नमाेबुद्व नगरपालिकामा १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

धुुलिखेलमा यस अघि संक्रमित भएको परिवारबाट संक्रमण पुष्टि भएको हो । एउटै परिवारका ५६, ४६, ६४बर्षका पुरुष र १३ बर्षिय बालिका, २५ र ३७ बर्षका महिलामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै नमोबुद्ध नगरका ४६ बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुुुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए।

अाज थपिएका ७ जना सहित जिल्लामा संक्रमितकाे संख्या २६५ पुगेकाे छ ।


प्रतिक्रिया दिनुहोस