काभ्रेका स्थानीय तहले ५०% छुटमा काेेेराेना विमा गर्दै

नौलो समाचार संवाददाता
२०७७ भाद्र १५, सोमबार मा प्रकाशित ८७२ पटक पढिएको
काभ्रेका स्थानीय तहले ५०% छुटमा काेेेराेना विमा गर्दै

भदौ १५, काभ्रे। कोरोनाको महामारी चलिरहेको वेलामा वडाबासीहरुको स्वास्थ्यलाई ख्याल गर्दै काभ्रेका स्थानीयतहद्वारा काेराेना विमा गर्न अाफ्ना वडावासीलाई अाग्रह गरेका छन् । जिल्लाका धुलिखेल र पाँचखाल नगरपालिकाका केही वडाले पचास प्रतिशत छुटमा काेराेना विमाकाे कार्यक्रम ल्याएका छन्।

रु १ लाखको बराबरको विमा गर्न ६०० आवश्यक पर्ने भएपनि वडाकाे सिफारिस लैजाँदा ५० प्रतिशत अर्थात ३०० रुपैयामानै कोरोना विमा हुनेछ । धुलिखेल नगरपालिका वडा नं. ५ कोरोना विमा गर्न सिफारिस दिन थालेका छन् ।

यस्तै पाँचखाल नगरपालिका वडा नं ३ र ४ का वडा अध्यक्षहरुले ५० प्रतिशत छुटमा कोरोना विमा गर्न सिफारिस दिन थालेका छन् । न्यून आय स्तर भएका तथा आर्थिक अवस्थाकै कारण कोरोना विमा गर्न नसक्ने परिवारका सदस्यहरुको लागि सहयोग पुग्नेछ ।

विमाकाे लागि वडा कार्यालयमा नगरिकताकाे फाेटाेकपी र निवेदन पेश गर्नुपर्ने बताईएकाे छ।


प्रतिक्रिया दिनुहोस