अाज थपिए ८९९ जना सङ्क्रमित, ७ जनाको मृत्यु

काठमाडौं उपत्यकामा २९८ जना संंक्रमित
नौलो समाचार संवाददाता
२०७७ भाद्र १५, सोमबार मा प्रकाशित ४४५ पटक पढिएको
अाज थपिए ८९९ जना सङ्क्रमित, ७ जनाको मृत्यु
corona kavre

भदौ १५, काठमाडौं। साेमबार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप ८९९ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३९,४६० पुगेको सरकारी तथ्याङ्कले देखाउँछ।

सोमवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा सात जनाको मृत्यु भएको बताए।

यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२८ पुगेको छ।

साेमबार काठमाडौं उपत्यकामा २९८ जना संंक्रमित भेटिएका छन्। काठमाडाैैँ जिल्लामा सर्वाधिक १९० सङ्क्रमित फेला परेका हुन्। ललितपुर ६७ र भक्तपुरमा ४१ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।

उनका अनुसार अहिले देशभरि १७,८२२ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १०,७०१ जना संस्थागत आइसोलेशनमा र बाँकी ७,१२१ जना घरमै छन्।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।


प्रतिक्रिया दिनुहोस