काभ्रेका थप १० जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या २ सय ७५

नौलो समाचार संवाददाता
२०७७ भाद्र १५, सोमबार मा प्रकाशित ६३७ पटक पढिएको
काभ्रेका थप १० जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या २ सय ७५

भदाै १५, काभ्रे। काभ्रेमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ ।

आज (सोमवार) धुलिखेल अस्पतालकाे प्रयोगशालामा भएको स्वाब परीक्षणमा धुलिखेल अस्पतालमा कार्यरत ४ जना, धुलिखेलका १ जना नागरिक र पनौती नगरपालिकाका १ जना गरी ६ जना नागरिकमा कोरोना संक्रमण देखिएको हो । ६ जना मध्ये ४ महिला र २ पुरुष छन् ।

त्यस्तै हिजो (आईतवार) राती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको स्वाब परीक्षणमा शिर मेमोरियल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र विरामी गरी ३ जना महिला तथा राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा भुम्लु गाउँपालिकाका १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार यो समेत काभ्रेमा कोरोना संक्रमितको संख्या २ सय ७५ पुगेको छ । त्यसमध्ये १ सय ३ जना उपचार पश्चात घर फर्किएको, २ जनाको मृत्यु भएको तथा बाँकीको विभिन्न अस्पताल तथा नगरपालिकाले स्थापना गरेको आइसोलेशनमा उपचार भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस