काभ्रेमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३ सय १९

नौलो समाचार संवाददाता
२०७७ भाद्र २१, आईतबार मा प्रकाशित ४७४ पटक पढिएको
काभ्रेमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३ सय १९

भदौ २१, काभ्रे। काभ्रे जिल्लामा अाज (अाईतबार) ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार जिल्लामा अाज ३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हाे ।

डा. झाका अनुसार संक्रमण पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाका १ पुरुष र पनौती नगरपालिकाका २ जना पुरुष रहेका छन् ।

यस सँगै काभ्रेमा हालसम्म कोराना संक्रमित संख्या ३ सय १९ जना पुगेको छ । जसमा महिला १ सय २१ जना र पुरुष १ सय ९८ जना रहेका छन् ।

त्यसैगरि हालसम्म काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । जसमा ३ पुरुष र १ महिला रहेका छन् । डा. झाका अनुसार जसमध्य २ पुरुष भने अन्य जिल्लाका रहेका छन् ।


प्रतिक्रिया दिनुहोस