भदौ २३, काभ्रे। जिल्लामा आज १० जनालाई कोरोना पुष्टि भएको छ । जसमा धुलिखेल नगरपालिकाका १ महिला, बनेपा नगरपालिकाका ८ पुरुष, बेथानचोक गाउंपालिकाका १ पुरुष रहेका छन् ।
आज सम्म काभ्रेमा ३३४ जनालाई कोरोन संक्रमण भएको छ । जसमध्य १५९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । १३१ को बिभिन्न अस्पतालमा उपचार हुंदै गरेको छ ।
होम आइसोलेसनमा २७ जना घरैमा सुरक्षीत तरिका अपनाई बसेका र २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस