काभ्रेमा बिहीबार १८ कोरोना संक्रमित थपिए

संक्रमित संख्या ५ सय ७०
नौलो समाचार संवाददाता
२०७७ आश्विन ८, बिहिबार मा प्रकाशित ५०६ पटक पढिएको
काभ्रेमा बिहीबार १८ कोरोना संक्रमित थपिए

असाेज ८, काभ्रे। काभ्रेमा १८ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आज (बिहीबार) बनेपा नगरपालिकाका ९ जना पुरुष र १ महिला, बेथानचोक गाउँपालिकाका १ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाकी १ जना महिला, धुलिखेल नगरपालिकाका ४ जना पुरुष, भुम्लु गाउँपालिकाका १ जना पुरुष र १ जना महिला गरी जिल्लामा आज १८ जना कोरोनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जनकारी दिए ।

यो सँगै काभ्रेमा संक्रमित संख्या ५ सय ७० पुगेको छ ।

डा. झाका अनुसार संक्रमितमध्ये आज ३ जना कोरोना निको भइ घर फर्किएका छन् । यो सँगै ३ सय ७६ जनाको उपचारपछि कोरोना निको भइ घर फर्किएका छन् । जिल्लामा अहिले १ सय ८८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस